पानी फोटाहरुका दृश्यजस्तै
उडिगएछ दीलको गुँडबाट बचेराजस्ता
तिम्रो घुर्मैलो सम्झनाहरु
भुँलिगएछु मैले
तिमीलाई जिन्दगीको कुन डालीमा भेटेथेँ
र, गरेथ्यौँ हामी केहिबेर चिर्बिर–चिर्बिर
मैले सबै बिर्सेछु मनशरा
बस् बिर्सिन बिर्सेछु तिमीलाई !
मलाई खाली यत्ती सम्झना छ
एउटा छोटो उडान सँगै उडेका हौं हामी
एकदिन एकतिरबाट आयो एक बौलाह हुरी
र, दुई फ्याक् बनाईदियो हाम्रो
पूर्व निर्धारित अवतरण
त्यो लघु उडानको बिछिप्त अवतरण पछि
तिमीले दिन बिर्सेछौं तिम्रो ठेगाना
मैले माग्न बिर्सेछु ‘आफ्नो’ ठेगाना
साँच्चै भनूँ भने
प्रेमको स्थायी ठेगाना नहुँने रहेछ मनशरा !
बर्षौपछी यो निलो आकाशको एकछेउबाट
भुर्र उडिआयौं तिमी
अनि, थपक्क बस्यौं दिलको उहीँ पूरानो हाँगामा
म त अचम्मित भएँ–
तिमीले आफ्नो गुँड बिर्सेउ कि
चराहरुले आफ्नो ठेगाना बदले !
०००
डेथभ्याली ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ