आउ प्रिय कुरा गरौं मनको बाँध खोली,
मर्ने बाच्ने कस्लाई केथा न देख्नेछ भोली।
दुरी कायम गरि बसौँ मास्क भिर्नु मुखमा,
आँखा आँखा प्यार गरौं टाढैबाट बोली।
जित्नुनै छ रोगव्याधी जिउन सार्थक जीवन,
आत्मविश्वास औषधि हो प्रेम थोरै घोली।
घरमै बसि कुरा गर्नु मनको इच्छा पूरा गर्नु,
दिन काट्नु माया साट्नु फोन मेसेजमै टोली।
प्रतिकुल बन्यो काल पैले जस्तो छैन अहिले,
बिराम छु म बिर्स्याछैन भरौँला है प्रेमको झोली।
०००
इर्खु, सिन्धुपाल्चोक
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ