चाैतारा । आज विश्व धूमपान तथा सुर्तीरहित दिवस ‘लत त्याग्नको लागि प्रतिबद्ध बनौँ’ नाराका साथ नेपालमा पनि मनाइँदै छ ।
धूमपान तथा सुर्तीजन्य वस्तुको सेवनका कारण हुने क्षति न्यूनीकरण गर्ने उद्देश्यले विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा हरेक वर्ष मे ३१ मा यो दिवस मनाउने गरिन्छ । चुरोट/बिँडी, खैनीसुर्ती लगायतका कारण नेपालमा वर्षेनि २५ हजारभन्दा धेरै मानिसको ज्यान जाने गरेको सरकारी तथ्याङ्क छ । विश्वमा हरेक ८ सेकेण्डमा एकजना सुर्ती खाने व्यक्तिकाे ज्यान जाने गरेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । सङ्गठनका अनुसार चुरोट/बिँडीजस्ता सुर्तीजन्य पदार्थ सेवनकर्तालाई कोरोना सङ्क्रमण भइहाले अरुको तुलनामा थप जटिल हुने पाइएको छ ।
चुरोटको धुवाँले खानेलाई मात्र नभएर यसको आसपासमा बस्नेलाई पनि असर गर्ने डाक्टरले बताउने गरेका छन् । धूमपान गर्ने धेरैजसोलाई फोक्सो र मुखको क्यान्सर हुने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तर पछिल्लो तथ्याङ्कले कलेजोमा पनि असर पर्ने देखाएको छ । गर्भवती भएका बेला सुर्ती तथा चुरोट खाँदा पेटमा भएको बच्चाको कलेजो बिगार्ने अनुसन्धानकर्ताले बताएका छन् ।
नेपालमा १८ वर्ष नपुगेका व्यक्तिलाई सुर्तीजन्य पदार्थ खरिद तथा बिक्री गर्न नपाउने कानुनी व्यवस्था भएपनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ