काठमाडौं । नेकपा एमालेका केन्द्रिय सदस्य एवम् कार्यालय सचिव शेरबहादुर तामाङ स्वास्थ्य मन्त्री बनेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार र हेरफेर गरेसँगै तामाङलाई स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिर्ईको छ । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद तामाङले यसअघि कानुन मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।
जनता समाजवादी पार्टीका असन्तुष्ट नेताहरु र एमालेका नयाँ मन्त्रीहरुको सपथ ग्रहण शुक्रबार राति ८ बजे हुने भएको छ । नयाँ मन्त्रीहरुको सपथ ग्रहण राति ८ बजेका लागि तय भएको शीतलनिवास स्रोतले जानाएको छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ