हेटौंडा । बागमती प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/०७९ को बजेटमाथि प्रदेशसभामा छलफल हुन सकेको छैन ।
असार १ गते संसद्मा बजेट प्रस्तुत भएलगत्तै बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरेका छन् । प्रदेशसभाको बैठकमा बजेटमाथि पर्याप्त छलफल गरी आवश्यक सल्लाह सुझावसहित संशोधन गरी बहुमतले पारित गर्नुपर्ने हुन्छ तर बागमती प्रदेशमा बजेटमाथिको छलफल नै सुरु हुन सकेको छैन । प्रदेशसभामा बजेट प्रस्तुत भएको हप्ता दिन बितिसक्दा समेत बजेटमाथि छलफल हुन नसकेपछि अन्योल बढेको छ ।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममाथि पनि पर्याप्त छलफल नगरी ह्वीप लगाएर जबर्जस्ती पारित गरेको विपक्षी दलहरूको आरोप छ । सोही नीति तथा कार्यक्रमलाई समेटेर प्रदेश सरकारले बजेट तर्जुमा गरेको भन्दै जनताप्रति सरकार उत्तरदायी हुन नसकेको उनीहरुको भनाइ छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ