काठमाडौं । बागमती प्रदेश अन्तरगत रहेका नुवाकोट सहित दश जिल्लाका प्रहरी कार्यालयहरूका लागि १२ थान गाडी र १६ थान मोटरसाइकल हस्तान्तरण गरिएको छ ।
अन्तरिक मामिला तथा कानुन मन्त्रालय तथा वाग्मती प्रदेश अन्तरगत रहेका दस जिल्लाका प्रहरी कार्यालयहरूका लागि १२ थान गाडी र १६ थान मोटरसाइकलहरूको चावी हस्तान्तरण गरिएको हो । वाग्मती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ३७ लाख ३६ हजार रुपैयाँ बराबरको मोटरसाइकल र ३ करोड ५३ लाख २७ हजार ९ सय ८८ रुपैयाँको गाडी गरी कुल ३ करोड ९० लाख ६३ हजार ९ सय ८८ रुपैयाँ बराबरको सवारी साधन खरिद गरी हस्तातरण गरेको हो।
हेटौंडामा आयोजित एक कार्यक्रमकाबीच बागमती प्रदेशका अन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डेद्वारा उक्त सवारीसाधनहरूको चावि वितरण गरिएको हो । ‘वर्षातका कारण बाढी पहिरोबाट हुन सक्ने धनजनको क्षतिलाई मध्यनजर गर्दै उद्वार तथा राहतको तत्काल व्यवस्थापन गर्न सकियोस् भन्ने उदेश्यलका साथ दश जिल्लाका प्रहरी कार्यालयहरूका लागि १२ थान गाडी र १६ थान मोटरसाइकल वितरण गरिएको मन्त्री केशवराज पाण्डेका प्रमुख स्वकीय सचीव बिष्णु दाहालले जानकारी दिए ।
बर्षातका कारण हिजोआज प्रायःजसो बाटोहरू अवरुद्ध हुने तथा घरहरू बगाउने जस्ता प्राकृतिक विपदहरू देखापरिरहेका छन् ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ