मेलम्ची । लगातारको वर्षाले मेलम्ची वडा नं ११ मा एक घर बगाएको छ। स्थानीय गोपाल दुलालको ३ तल्ले घर आईतबार बिहान आएको बाढीले ढालेको हो ।
मेलम्ची खोलामा आएको बाढिले १२ दिनसम्म जोगिएको मेलम्ची बजारको ३ तले घर आज बाढीमा मिसिएको छ । बाढी र त्यसपछिको निरन्तर कटानले दुलालको तीन तले घर बाढीमा मिसिएको हो । ‘हामीले हेर्दाहेर्दै घर ढल्यो,’ दुलालले भने– ‘दुःख गरी बनाएको घर बाढीले बगाउँदा के गर्ने के नगर्ने भएका छौं ।
पानी परिरहेको कारण खोलाको बहाब बढेको छ । मेलम्ची र इन्द्रावती नदी तट र तल्लो भेगका खोला किनारामा रहने लाई सुरक्षीत रहन अनुरोध गरिएको छ । असार १ गतेदेखि आएको सो बाढीमा परि हालसम्म ४ जनाको मृत्यु भएको छ भने २० जना अझै बेपत्ता छन्। बाढीको कारणले सयौं परिवार विस्थापित भएका छन्।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ