चौतारा । बाढी पहिरोका कारण पीडित बन्न पुगेका पाँचपोखरी थाङ्पाल गाउँपालिकाका नागरिकलाई नेपाल तामाङ कलाकार संघले राहत प्रदान गरेको छ ।
संघले पाँचपोखरी थाङ्पाल गाउँपालिका– २ को याङरी गाउँ, सुनचौर, टासिपाका ७० घरपरिवारलाई ५ लाख बराबरको खाद्यान्न वितरण गरेको हो । त्यस्तै पहिरोका कारण घर क्षति पुगेका ७ परिवारलाई १० हजार रुपैंयाको दरले ७० हजार रुपैंया सहयोग समेत गरिएको छ ।
‘हामीले बाढी पहिरोको विषम परिस्थितिमा पीडितहरुलाई केहि हदसम्म भएपनि सहयोग पुगोस् भन्ने हेतुले सहयोग गरेका हौं’, संघका सदस्य बुद्ध लामाले भने । उनले राहत प्रदान गर्नको लागि सहयोग गर्ने देश विदेशमा रहेका संघ संस्था र व्यक्तिहरुलाई धन्यवाद समेत प्रदान गरे ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ