बाँसखर्क । सिन्धुपाल्चोकको जुगल गाउँपालिका– २ लिदीमा एक वर्षअघि पहिरोबाट विस्थापितका लागि नेपाली सेनाले १३ वटा अस्थायी घर निर्माण गरेको छ।
नेपाली सेनाले गाउँपालिका र नेपाल पुनर्निमाण प्राधिकरण जिल्ला कार्यान्वयन इकाईको सहयोगमा ती घरहरु निर्माण गरेको हो। जुगल– १ बासखर्कमा ती घरहरु तयार गरिएका हुन्। पहिरोका कारण १८ परिवार विस्थापित भएका थिए भने जोखिममा परेका अन्यलाई समेत सुरक्षित स्थानमा सार्ने योजना सरकारको छ।
नेपाली सेनाले ४५ वटा स्थायी घर बनाउँदै छ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ