कंगारु एक स्तनधारी प्राणी हो । यो अष्ट्रेलियाको राष्ट्रीय जनावर पनि हो । यहाँ हामीले कंगारुका केही रहस्य उल्लेख गरेका छौँ।
– कंगारु फल, पात र घाँस खान मात्रै मन पराउँछ ।
– कंगारु केही दिनसम्म पानी नपिइ पनि बस्न सक्छ ।
– कंगारुको आँखा धेरै तेज हुन्छ । तर, यसले मात्र यताउती हिँडेकालाई मात्र देख्छ ।
– कंगारु दौडिँदा करिव ३२ किलोमिटर प्रतिघण्टाको रफ्तारमा दौडिन्छ । उ एक पटकमा १५-२० फिटसम्म छलाङ लगाउन सक्छ ।
– कंगारु जमिनमा दुई र पानीमा चार खुट्टाको प्रयोग गर्छ । यो बाहेक पनि कंगारु पुच्छरको प्रयोग आफ्नो पाचौँ खुट्टाको रुपमा गर्छ ।
– कंगारुको पुच्छरले सबै भार थाम्न सक्छ ।कंगारुको गर्भकाल धेरै छोटो हुन्छ । कंगारु ३५ देखि ४० दिनमा नै बच्चालाई जन्म दिन्छ । त्यसैले यति छोटो समयमा कंगारुको बच्चा पुरा रुपमा विकसित हुन सक्दैन ।
– कंगारु सधैँ हुलमा बस्न मन पराउँछ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ