कोभिड-१९/ अन्य सरुबा रोग वा नसर्ने रोगहरू (क्यान्सर, मधुमेय, रक्तचाप, मुटु सम्बन्धी रोग आदि) होउन् तिनीहरूसंग लड्न सक्ने वा तिनको प्रतिरोध गर्न सक्ने हाम्रो शरीरको शक्ति कति छ त्यसै अनुसार हामीलाई सरुबा/नसर्ने रोगहरू लाग्ने वा नलाग्ने हुन सक्दछ । त्यही प्रतिरोधात्मक क्षमताका आधारमा हामीलाई रोगले गाह्रो पार्ने वा हामीले तिनलाई सजिलै परास्त गर्न सक्ने भन्ने कुरा निर्भर गर्दछ । त्यसैले जुनसुकै अवस्थामा पनि हामीले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता राम्रो बनाइ राख्नु आवश्यक हुन्छ । कोभिड/१९ को महामारीको यस घडीमा त झन हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनु झनै आवश्यक हुन्छ । यसका लागि सन्तुलित पौष्टिक आहार, नियमित शारिरीक व्यायाम/परिश्रम, योग (योगा)/ध्यान,व्यक्तिगत सरसफाई (Personal Hygiene), सर/सामान र घर/कार्यालयको राम्रो सरसफाई आदि महत्वपूर्ण हुन्छन् ।
हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि सन्तुलित पौष्टिक आहारको भूमिका र मुख्यत कुन कुन पौष्टिक तत्वहरूले रोगसंग लड्न सक्ने क्षमता बढाउन मदत गर्दछन्।सरुबा/नसर्ने रोगहरू बाट बच्न कडाईका साथ पालना गर्नु पर्ने मुख्य नियमका बारेमा र हाम्रो शरीरलाई प्रतिरोधात्मक क्षमता बढाउन चाहिने पौष्टिक तत्वहरू कुन कुन खाद्यवस्तुमा पाइन्छन् भन्ने बारेकेही सामान्य जानकारी तर धेरै महत्वपुण कुराहरू म एउटा जनस्वास्थ्य कर्मी भएको कारण जनमानसमा यो कोभिड १९ को बिसम परिस्थिमा लेखमार्फत जानकारी गराई आफ्नो स्वास्थ्य प्रति सचेत रहि स्वास्थ्य रहनका लागि अनुरोध गर्दछु।
कोभिड १९ वाट कसरी बच्ने
– कोरोनाबाट बच्न भिडभाडमा जादै नजाने, घर बाहिर जानु पर्दा अर्कोव्यक्तिसंग दुई मिटरको दुरी कायम राख्ने ।
– मास्क ठिकसंग र अनिवार्य रूपमा लगाउने ।
– घरबाहिर जाँदा लगाइएका कपडा, जुत्ता मोजा घरमा आएपछि धोइहाल्ने वा सुरक्षित ठाउँमा राख्ने वा घाममा राम्ररी सुकाउने ।
– बाहिररपसलबाट ल्याइएका फलफुल, तरकारी, दूधका प्याकेट आदि राम्ररी धोइपखाली गरेर मात्र भान्साकोठामा लैजाने रबजारबाट ल्याइने अन्य खाद्यान्न तथा सरसामानहरू पनि घरमा ल्याई कम्तीमा तीनदिनसम्म सुरक्षित ठाउँमा राखेपछि मात्र प्रयोगमा ल्याउने आदि सामान्य नियमहरू कडाईपूर्वक पालना गर्नुपर्दछ ।
– बाहिरका वस्तुहरू भाइरस संक्रमित भएका हुन सक्छन् भन्ने कुरालाई ध्यानमा राखि आवश्यकता अनुसार पटक पटक सावुन पानीले राम्ररी मिचिमिचि हात धुनु पर्दछ वा सेनेटाइजरको राम्ररी प्रयोग गर्नुपर्दछ ।
– हात राम्ररी सफा गरिसकेपछि मुख तथा खुट्टा पनि राम्ररी धुनु पर्दछ ।
– संक्रमित व्यक्ति वा सरसामानको नजिक पुगिएछ कि भन्ने शंका लागेको अवस्थामा सकेसम्म छिटो सावुन पानीले हातमुख धोई नाक, मुख तथा आँखा राम्ररी धुनुपर्दछ र शरीर पुरै नुहाउनु पर्दछ । नाकभित्र पानी पठाएर सफा गर्न सके झनै उत्तम हुनेछ ।
– भाइरस सर्न सक्ने अन्य माध्यमहरूमा पसल पसल र मानिस मानिसका गोजीमा घुमिरहने पैसाका नोटहरू अनि मोवाइल फोन सेटहरू पनि मुख्य हुन सक्दछन् । संक्रमण फैलाउन यी र् वस्तुहरूको भूमिका ठूलो छ भनिएको छ। त्यसैले सेनेटाइजरको उचित प्रयोगबाट पैसाका नोटहरू र मोवाइल सेटहरू राम्रो संग सफा गर्नु पर्दछ। पसलमा सामान किनेपछि फिर्ता आउने पैसाका नोटरसिक्काहरू लिनासाथ राम्ररी भिज्ने गरी सेनेटाइजर प्रयोग गरेर कम्तीमा पाँच मिनेट छुट्टै राखी राम्ररी ओभाउन दिनु पर्दछ।
– राम्ररी ओभाएपछि मात्र ती नोटहरू पकेटमा राख्न सकिन्छ। पैसाका नोटहरू कोभिड संक्रमण फैलाउने एउटा महत्वपूर्ण माध्यम भएकाले नोटको सट्टा संभव भए क्रेडिट कार्ड, एटिएम कार्ड, खल्ती, ESEWA, Mobile Banking आदि उपायहरूको अवलम्बन गर्न सकेमा धेरै राम्रो हुनेछ।
– भौतिकरशारीरिक नियम पालनागरेमा हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई मजबुत बनाइ राख्न सकेमा कोरोनाबाट बच्न सकिन्छ, अर्थात कोरोना लागिहाले पनि हामीलाई रोगग्रस्त बनाउन सक्दैन ।
कोभिड १९ बाट बच्न प्रतिरोधात्मक क्षमता कसरी बढाउने ?
मानिसलाई रोग लाग्नु भनेको कुनै जीवाणु शरीरभित्र प्रवेश गरेर शरीरको सामान्य गतिविधिमा असर पुर्याई शरीर सञ्चालनको नियमित प्रक्रियामा गतिरोध उत्पन्न गर्नु हो अर्थात् मानिसलाई संक्रमण हुनु वा रोग लाग्नु हो । हाम्रो शरीरमा प्रवेश गरेका जीवाणु/विषाणुसंग लड्न र तिनलाई परास्त गर्न सक्नु चाहिँ रोग प्रतिरोधी वा रोग प्रतिरोधात्मक क्षमता हो। जुन क्षमताका कारण हाम्रो शरीरमा जीवाणु/विषाणुले प्रवेश पाए पनि हामीलाई रोग ग्रस्त बनाउन सक्दैन। रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु वुद्दिमानी (Prevention is better than cure) हुन्छ भन्ने भनाई हामि सबैले बुझ्नु आवश्यक छ। त्यसमा पनि कोभिड-१९ बाट बच्न भरपर्दो औषधी तथा उपचारका अन्य उपायहरू उपलब्ध छैन र सबै जनमानसमा खोपको उपलब्धता पनि हुन नसकेको वर्तमान अवस्थामा हरसम्भव सबै उपायहरू अवलम्बन गरी कोरोना लाग्नै नदिनु सबभन्दा वुद्धिमानी हुन्छ। त्यसका लागि एउटा मुख्य उपाय भनेको हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनु हो।
हाम्रो शरीरलाई सक्षम बनाइ राख्न अर्थात हाम्रो शरीरको रोग प्रतिरोधात्मक शक्तिलाई मजबुत बनाउन हामीलाई निम्न प्रकारका पोषकतत्वहरू आवश्यक पर्दछन्।
कार्वोहाइड्रेटले शरीरलाई चाहिने शक्ति प्रदान गर्दछ । कार्वोहाइड्रेटसंग जोडिएर आउने अर्को खाद्यपदार्थ रेसा पनि हो। रेसाले पाचन प्रणालीलाई ठीक अवस्थामा राख्न मद्धत गर्दछ
प्रोटिनले शरीरको वृद्धि र विकासका साथै मर्मत सम्हारको काम गर्दछ।
चिल्लो पदार्थ पनि शक्ति प्रदान गर्ने स्रोत हो र यसले शरीरमा भिटामिनहरू सोस्न पनि मद्धत गर्दछ ।
शरीरलाई सुरक्षा गर्ने खनिजतत्व (Minerals) हो ।
भिटामिनहरू) कम मात्रामा चाहिने (तर दिनहुँ चाहिने) पौष्टिक पदार्थ अर्थात सूक्ष्म पोषकतत्वहरू (Micronutrients) हुन। यी सूक्ष्म पोषकतत्वहरू मध्ये कतिपयलाई हाम्रो शरीरले केही समयको लागि संचित गरेर राख्न सक्दछ भने कतिपयलाई शरीरले संचित गरेर राख्न सक्दैन, जस्तै भिटामिन/सी। त्यस्ता शरीरले संचित गरेर राख्न नसक्ने पोषकतत्वहरूको नियमित परिपूर्तिका लागि दिनदिनै सेवन गर्न जरुरी हुन्छ। यी कम मात्रामा चाहिने पोषकतत्वहरू मध्ये कुनै हाम्रो शरीरलाई अलि बढी (थोरै मध्येको धेरै) चाहिन्छन् भने कुनै कम र कुनै अति कम चाहिन्छन् ।
हाम्रो शरीरलाई स्वस्थ एवं तन्दुरुस्त राख्नका लागि खनिज पदार्थ(Minerals) र भिटामिनहरू नभई नहुने पोषकतत्वहरू हुन । हाम्रो सबै शारीरिक एवं मानसिक प्रक्रिया सुचारु गर्नका लागि र हाड, दाँत, तन्तुहरू, रगत, मांसपेशी तथा स्नायुका कोशिकाहरू बन्न तथा तिनलाई क्रियाशील बनाई राख्न खनिजतत्व र भिटामिनहरूको जरुरत पर्दछ।
६ पानीलाई(Water):
पानी पोषकतत्व नभनिए पनि यो पोषकतत्वहरूभन्दा कम महत्वको छैन। कोरोना संक्रमणको अवस्थामा पानी झनै बढी पिउनु पर्दछ। शरीरको उचित तापक्रम कायम राख्न, खनिजतत्व र भिटामिनहरूलाई घुलनशील बनाई राख्न र शारीरिक क्रिया सुचारु राख्न पानी कै मुख्य भूमिका रहेको हुन्छ।
हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि आवश्यक पर्नेहाम्रो गाँउघरमा पाईने केहि महत्वपूर्ण पोषकतत्वहरू र ती पोषकतत्वहरू उपलब्ध हुन सक्ने केहि मुख्य खाद्यवस्तुहरू निम्न प्रकारका छन् ।
१ भिटामिन-ए ( vitamin-A):
पालुङ्गो लगायतका गाढा हरियो सागपात, गाजर, फर्सी, सखरखण्ड, पहेँला फलफसल (मेवा आँप)आदि।
२ भिटामिन बी-6 (Vitamin-B6):
हरियो सागपात (बन्दा, पालुङ्गो, चम्सुर, रायो आदि), केरा, तर्बुजा/खर्बुजा, गोलभेँडा, मूला, सलगम, कलेजो, माछा, दाल, गेडागुडी आदि ।
३ भिटामिन-सी ( Vitamin-C):
ब्रोकाउली, भेँडेखुर्सानी, पालुङ्गो, गोलभेँडा, क्याले, अमिला फलफूलहरू जस्तै सुन्तला, मौसम, जुनार, कागती, भुइँकाफल, किवी, भोगटे, अमला, अम्बा आदि ।
४ भिटामिन-ई ( Vitamin-E):
पालुङ्गो, स्वीसचार्ड, सलगमको साग, ब्रोकाउली, सूर्यमुखी, फर्सी र जुकिनीको बीयाँ, कागजी बदाम, एभोकाडो, रेन्वो ट्राउट माछा, झिँगेमाछा, सकरखण्ड, फर्सी, किवी आदि ।
५ भिटामिन बी-९(Folic acid):
ब्रोकाउली, भिंडी, सिमी, केराउ, मुसुरो, सागपात, चुकन्दर, मेवा, केरा, अण्डा, चीज, दूध, माछा, कलेजो, रातो मासु आदि ।
६ फलाम (Iron):
कोदो, च्याउ, पालुङ्गो, कर्कलो, चुकन्दर, स्वीस चार्ड, पाकचोय, सलगम, हरियो सिमी, केराउ, मुङ्ग, कुरिलो, किम्बु काफल, नरिवल, खुर्पानी आदि । जस्ता (जिंक)बदाम, चना, दहि, सिपी, गँगटा, कुखुरा, माछा (सेतो मासु – Lean meat) आदि ।
७ तामा ( Cupper):
काजु, सीता÷के च्याउ, कटुस, ओखर, कलेजो, मृगौला, मुटु, सिपी, गँगटा, एभोकाडो, चना, तिल, सूर्यमुखी र आलसको बीयाँ आदि ।
८ सेलेनियम (Selenium):
च्याउ (white button mushroom), लसुन, ब्रोकाउली, बन्दा, पालुङ्गो, खैरो चामल, जौ, तिल, सूर्यमुखी र आलसको बीयाँ, टुना माछा आदि ।
कोभिड १९ देखि बच्न र प्रतिरोधात्मक क्षमता बढाउन माथि उल्लेखित नियमहरु/ खाध्यबस्तुहरु संम्पुर्ण जनमानसलाई अवगत भएकै कुराहरु हुन तर थाहाँ भएका कुराहरु सबैले आ-आफ्नो ठाँउवाटसहि तरिकाले कार्यन्वयनमा ल्याई आफ्ना आफन्त, साथिभाई र छरछिमेकि समेत लाई यो बिसम परिस्थितीमा जानकारी गराई सचेत गराउनु ठुलो महानता हो ।त्यसैले तपाई हामि अब महान कार्य गर्नका लागि पछि पर्ने छैनौ ।
(लेखक स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका जनस्वास्थ्य अधिकृत हुन् ।)
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ