चौतारा । कलाकारले बाढी प्रभावित सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा पीडित बासिन्दालाई ४३ वटा पक्की घर निर्माण गरिदिने भएका छन् ।
देशभरका कलाकारद्वारा सञ्चालित सिन्धु सहयोग कोषको समूहले मेलम्ची क्षेत्रको स्थलगत अनुगमन गरेपछि बाढीले बगाएको मेलम्चीको दनुवार बस्तीमा १९ वटा पक्की घर बनाइदिने घोषणा गरिएको छ । त्यस्तै हेलम्बुको किउलमा मगर बस्तीका २४ पक्की घर बनाइदिने कलाकारहरूले जनाएका छन् ।
मेलम्ची र हेलम्बुसहित पाँच पोखरीमा आकर्षक पक्की घरसहितको होमस्टे बनाउने आफूहरूको तयारी रहेको र यसबारे चाँडै योजना सार्वजनिक गर्ने कोषका सदस्य एवं सङ्गीतकार चेतन सापकोटाले जानकारी दिए । गत असार १ गते राती हेलम्बु र इन्द्रावती नदीको उद्गमस्थल पाँच पोखरीबाट उर्लिएर नदी किनार कोरिडोरमा वितण्डा मच्चाउँदै भयानक बाढी आएको थियो ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ