काठमाडौ । उन्नत लोकतन्त्र पार्टीले अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता विरुद्ध व्यापक जनप्रदर्शन गर्ने भएको छ।
सो पार्टीले साउन १६ गते काठमाण्डौको माइतीघरमा एकसीसीबिरुद्ध जनप्रदर्शन गर्ने जनाएको छ । एमसिसी सम्झौता राष्ट्रहित विपरित भएकोले फिर्ता पठाउन दबाब स्वरुप जन प्रदर्शन गर्न बाध्य भएको पार्टीले जनाएको छ । जनप्रदर्शनमा उपस्थित हुन सम्पूर्ण देशप्रेमी जनसमुदायलाई सो पार्टीले आव्हान समेत गरेको छ ।
देशको सुरक्षामा गम्भीर आँच आउने किसिमका यस्ता सम्झौता खारेज गर्नुपर्ने सो पार्टीको माग छ । यस अघि पनि स्वतन्त्र राष्ट्रिय अभियानले एमसीसी सम्झौता देशको हित विपरित रहेको भन्दै प्रदर्शन गर्दै आइरहेको थियो ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ