चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाभर मंगलबारबाट कोरोना बिरुद्धको खोप भेरोसिल लगाउन सुरु गरिएको छ ।
पहिलो दिन नगरपालिकाभरका १ हजार २ सय ६१ नागरिकले खोप सेवा लिएको नगरपालिकाले जनाएको छ । भेरोसेल खोप ५५ वर्ष भन्दा माथिका एक मात्रा पनि नलगाएका नागरिकहरूलाई प्रदान गरिने जनाईएको छ । त्यस्तै विश्वविद्यालयका प्राध्यापक र शिक्षक, विद्यालयका शिक्षक तथा कर्मचारीले पनि उक्त खोप पाउनेछन् ।
यसैगरी सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकलाई तथा अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरूले पनि खोप दिइनेछ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ