हेलम्बु । तिनै तहको सरकारले आफूहरुलाई बेवास्ता गरेको भन्दै हेलम्बुका बाढी प्रभावितले संघर्ष समिती गठन गरेका छन् ।
उनीहरुले शनिबार ३५ सदसिय हेलम्बु मेलम्ची खोला बाढी पीडित सरोकार समिति गठन गरेका हुन् । भरत थापा अध्यक्ष रहेको समितीमा मिङमार शेर्पा उपाध्यक्ष, अर्जुन भण्डारी सचिव रहेका छन् । बाढी गएको ४५ दिन भैसक्दा पनि स्थानीय, प्रदेश र केन्द्र कुनैपनि सरकारले प्रभावितको समस्या सुनुवाई नगरेको उनीहरुको गुनासो छ ।
संघर्षको कार्यक्रमहरु गर्दै सरोकार समितिले आवश्यक पर्दा तिनै तहका सरकासँग समन्वय गर्ने अध्यक्ष भरत थापाले जानकारी दिए । बाढी प्रभावितलाई उद्दार तथा पुनःस्थापित गर्दै क्षति भएका पुर्नसंरचनालाई उठाउन सहयोग पुर्याउन सर्वदलिय, सर्वपक्षिय समिती गठन गरिएको थापाको भनाई छ ।
असार १ को बाढीमा हेलम्बुका ९० घर पूर्ण क्षति भएको छ भने सयौँ बवस्थापित र करोडौको क्षति भएको छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ