चौतारा । नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) सिन्धुपाल्चोक जिल्ला आयोजक समितिले पहिलो विस्तारित बैठक गरेको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका– ६ गौरातीमा भएको बैठकले ५९ सदसीय जिल्ला समिति निर्माण गर्ने निर्णय गरेको इञ्चार्ज नारायण ज्योतिले बताए । बैठकमा नेकपा (समाजवादी) का केन्द्रिय संयोजक राजु कार्की, प्रवक्ता मानबहादुर तामाङ, कार्यालय सदस्य एवम् बागमती प्रदेश इञ्चार्ज इन्द्रप्रसाद तिमल्सिना, कार्यालय सदस्य एवम् २ नं. प्रदेश इञ्चार्ज बद्री यादव, अपाङ्ग संगठन केन्द्रिय अध्यक्ष कमला तामाङ, निर्माण व्यवसायी संघका केन्द्रिय प्रतिनिधि नानीराम ज्योति लगायतले आफ्ना धारणा राखेका थिए ।
बैठकमा जिल्ला सेक्रेटरी भीमबहादुर तामाङ, युवा अध्यक्ष एवम् जिल्ला सदस्य पूर्णबहादुर तामाङ, सह–सेक्रेटरी सिम्रन मोक्तान, जिल्ला सदस्य कृष्णबहादुर ज्योति, मदन नेपाल, मनु गिरीलगायत नेता कार्यकर्ताको उपस्थिति थियो ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ