काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।
विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई आधार मानेर बोर्डले प्रमाणित गरी नतिजा प्रकाशित गरिएको हो । नतिजा बोर्डको अफिसियल वेबसाइटबाट, नेपाल टेलिकम, द कनसेप्ट प्लस प्रालि इडियु सञ्जाल, नेपाल टेलिकम र एनसेलको वेबसाइटमार्फत हेर्न सकिन्छ । नेपाल टेलिकममार्फत १६०० र एनसेलबाट १६०० मा एसएमएस गरेर नतिजा थाहा पाउन सकिन्छ ।
त्यसैगरी www.see.gov.np, www.neb.gov.np, www.theconnectplus.com, (नतिजा हेर्नको लागि लिङ्कमा क्लिक गर्नुस्) बाट पनि नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ । त्यस्तै www.see.ntc.net.np, www.ncell.axiata.com (नतिजा हेर्नको लागि लिङ्कमा क्लिक गर्नुस्) बाट पनि नतिजा थाहा पाउन सकिनेछ ।
देशभरबाट ५ लाख १७ हजार विद्यार्थीले एसईई दिएका थिए ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ