काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच छलफल भएको छ ।
सङ्घीय संसद् भवन नयाँबानेश्वस्थित सभामुखको कार्यकक्षमा सदनलाई प्रभावकारी बनाउने, विधेयकलाई अघि बढाउनेलगायत विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।
आजै प्रतिनिधिसभा बैठक पनि बसेको थियो । बैठकलाई एमाले अध्यक्ष केपी ओलीले सम्बोधन गर्नुका साथै सरकारको यथार्थपत्र पनि प्रस्तुत गरिएको थियो ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ