चौतारा । बाढी पहिरोजस्ता विपत्तिको चपेटा मूलुकले बेहोरिरहँदा गायक एवम् संगीतकार छेवाङ डि स्याङ्बोले मर्मस्पर्शी गीत बत्रशजारमा ल्याएका छन् ।
कोराना, बाढी पहिरोजस्ता विपत्तिले नागरिकलाई ठूलो समस्या निम्त्याएको भाव बोकेको गीतको शब्द आशिष घलेले लेखेका हुन् । छेवाङ डि स्याङ्बो र निमा लामाको श्वरमा रहेको गीतको संगीत गायक स्याङ्बोकै रहेको छ । पारिजात रेकडिङ स्टुडियोमा रेकर्डिङ गरिएको गीतको कर्साङ लामाले एरेन्ज गरेका हुन् ।
गीतको भीडियो क्लिक नेपालले निर्माण गरेको हो भने भीडियो विपत्तिका दर्दनाक दृष्यहरु देख्न सकिनेछ । सञ्जय लामाको छायाङ्कनमा बनेको भीडियोको सम्पादन आस्मान लोप्चनले गरेका छन् ।
हेर्नुस् भीडियोः
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ