काठमाण्डौ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक एवं साङ्गठनिक प्रतिवेदन पेस गरेका छन् ।
उनले पेस गरेको प्रतिवेदनमा आउँदो पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरिएको छ । राष्ट्रिय सम्मेलनको लागि भदौ मसान्तभित्र पार्टी सदस्यता नवीकरण तथा वितरण अभियान नै चलाउने उल्लेख छ । यस्तै असोज ३० गतेसम्म टोल, वडा, पालिका र जिल्ला सम्मेलन सक्ने प्रस्ताव गरिएको छ ।
मंसिरको २५ गते प्रदेश सम्मेलन गर्ने र पुसको ११ गतेदेखि राष्ट्रिय सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव छ । अब टोल-टोलमा माओवादी केन्द्रका कमिटी बनाएर पार्टीलाई फेरि नागरिककै घरदैलोमा पुर्याउने र आउँदो चुनावमा बलियो शक्ति बन्ने प्रचण्डको दाबी छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ