मेलम्ची । महिला आत्मनिर्भरता केन्द्र (मांक) ले मेलम्ची नगरपालिका– ८ का लक्षित बालबालिकाहरुलाई आपतकालिन सहयोग गरेको छ ।
विश्व शिक्षा, तेरि देश होम र महिला आत्मनिर्भरता केन्द्र बीचको साझेदारीता र वडा नं ८ को संयोजनमा वडा भित्रका १७ बालबालिकालाई घरघरमा पुगि सहयोग वितरण गरिएको वडा अध्यक्ष ठंकराज गिरीले जानकारी दिए । कोरोनाको कारण कतिपयका अविभावकले रोजगारी गुमाएका र समस्यामा परेका बालबालिकालाई शैक्षिक तथा खाद्यान्य सहयोग गरिएको महिला आत्मनिर्भरता केन्द्रका अनुगमन तथा मूल्याङ्कन अधिकृत ध्रुब सापकोटाले जानकारी दिए ।
घरायसी तथा गलैँचा बन्ने कामले विद्यालय छोडन लागेका बालबालिकाका लागि शैक्षिक र परिवारका लागि खाद्यान्य सहयोग गरिएको सापकोटाले बताए । संस्थाले गत जेठमा टोल टोलमा पुगि सर्भेक्षण गरेर पहिचान गरिएका बालबालिकालाई सहयोग गरिएको संस्थाका सामाजिक परिचालक सृष्टी नेपालीले जानकारी दिईन् ।
संस्थाले पाँचपोखरी थाङ्पाल गाउँपालिका– १ बाँसखर्कका ६ जना र वडा नं २ बरुवामा ४ जनालाई पनि सहयोग गरिएको जनाएको छ । अहिले सर्भेक्षणकै अवस्थामा रहेको र अन्य त्यस्ता बालबालिका भेटिएमा सहयोग गरि विद्यालय छोडने दरमा कमी ल्याउने संस्थाले जनाएको छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ