चौतारा । ललितपुर महानगरपालिका– ३ कान्तिपुर हाईटस्थित अपार्टमेन्ट भाडामा लिई अवैध रुपमा यौन व्यवसाय संचालन गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका– ३ घर भएकी २५ वर्षीया निर्मला न्यौपाने, काभ्रे पनौती नगरपालिका– ७ घर भएका ३३ वर्षीय प्रतिक कर्माचार्य काठमाडौं महानगरपालिका– २८ ढल्कु बस्ने झापा दमक नगरपालिका– ७ घर भएका ५० वर्षीय राजेश अग्रवाल, काठमाडौं महानगरपालिका– ६ कुमारीगाल बस्ने रुकुम पेउघाट गाउँपालिका– ८ घर भएकी २३ वर्षीया ललिता विक, ललितपुर महानगरपालिका– ८ पाटन सुन्धारा बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका– ३ सानो पोखरा घर भएकी ४२ वर्षीया गिता खड्गी, काठमाडौं महानगरपालिका– १६ बालाजु बस्ने २४ वर्षीया क्रिष्टीना केसी र काठमाडौं बुढानिलकण्ठ नारायणस्थान बस्ने बर्दिया ठाकुरबाबा नगरपालिका घर भएका २९ वर्षीय सुनिल बिष्ट रहेका छन् ।
अपार्टमेन्टमा अवैध रुपमा यौन व्यवसाय सञ्चालन गर्ने गरेको भन्ने सूचानको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुमाथी जिल्ला अदालत ललितपुरबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ