हेटौंडा । वाग्मती प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ । मूख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सरकारको नेतृत्व लिएको २१ दिनपछि मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् ।
मन्त्री र राज्यमन्त्री गरी ११ जना थपेर मूख्यमन्त्री शाक्यले मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् । नेकपा एमाले वाग्मती प्रदेशसभाका सदस्य जुनेली श्रेष्ठ राज्यमन्त्री बन्ने पक्का भएको छ । मन्त्री बन्ने अरु १० जनाको नाम सार्वजनिक भैसकेको छैन । पार्टी विभाजनमा माधवकुमार नेपाल समूहलाई साथ नदिएर एमालेमै बसेकाहरु मन्त्री बन्ने प्राथमिकतामा छन् ।
गएको भदौ २ गते नेकपा एमालेको बहुमतका आधारमा मुख्यमन्त्री बनेकी शाक्यको सरकार अल्पमतमा परिसकेको छ । वाग्मतीमा ५६ मध्ये १३ जना सांसद एकीकृत समाजवादीमा गएपछि उनको सरकार अल्पमतमा परेको हो । उनले अब एक महिनाभित्रै प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ