चौतारा । सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापले सिन्धुपाल्चोकको एक निर्माण कम्पनीलाई कालो सूचिमा राख्न माग गरेको छ ।
सम्झौता अवधिभित्र निर्माणको काम सम्पन्न नगरेको भन्दै चौतारा साँगाचोकगढी नगरपालिका– ११ मा रहेको हिरालाल तामाङको सगरमाथा योनटेन कन्स्ट्रक्सन एण्ड सप्लायर्सलाई कालो सूचिमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई अनुरोध गरेको हो । कालो सूचिमा राख्न अनुरोध भएलगत्तै खरिद अनुगमन कार्यालयले निर्माण कम्पनीलाई स्पष्टीकरण सोधेको छ ।
कार्यालयले ‘कालो सूचीमा किन नराख्ने’ भन्दै स्पष्टीकरण सोधेको हो । सो विषयमा निर्माण कम्पनीले ३० दिनभित्र लिखित जवाफ पेस गर्न कार्यालयले भनेको थियो । सो अवधी कुनै जवाफ नआएकोले ७ दिन भित्र स्पष्टीकरण दिन अन्तिम पत्र पठाएको छ । ७ दिन भित्र स्पष्टिकरण नदिए कालो सूचिमा राखिने कार्यालयले जनाएको छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ