काठमाडौँ । साहित्यकार जितेन्द्र रसिकको १२औँ कृति बालकथा सङ्ग्रह ‘गुलेली’ बजारमा आएको छ । शिखा बुक्सले प्रकाशन गरेको बालकथा सङ्ग्रह ‘गुलेली’ च्याप्टर बुक हो ।
कथा सङ्ग्रहमा ६ ओटा कथाहरु रङ्गीन चित्र सहित प्रस्तुत गरिएको छ । सङ्ग्रह गुफाको बाघ, सपना र विज्ञान, गुलेली, केरकारे कान्छो, सिंगौरीको शहर भ्रमण र सोरोको खुत्रुके शिर्षकका कथाहरु सङ्ग्रहित छन् । पछिल्लो समय कोभिड महामारीले घरमा थुनिएर बसेका बालबालिका कोभिड महामारी कम हुँदै गएपछि विद्यालय जान थालिसकेकाले ती बालबालिकाका लागि रिफ्रेसमेन्ट राख्न कथा सङ्ग्रह सफल रहने कथाकार रसिकको भनाई छ ।
बालबालिकाका लागि दसैं बिदा लक्षित गरेर बालकथा सङ्ग्रह ‘गुलेली’ बजारमा ल्याइएको शिखा बुक्सले जनाएको छ । कथा सङ्ग्रहको मूल्य १ सय २५ रुपैयाँ रहेको छ । कथाका चित्रहरु प्रज्वल थापामगरको रहेको छ भने लेआउट प्रवेश सिन्धुलियको रहेको छ । कथाको सम्पादन साहित्यकार गोपीकृष्ण ढुंगानाले गरेका हुन् ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ