काठमाडौं । खातामा पर्याप्त रकम नभएको चेक दिएर २० लाख ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका- ७ घर भई हाल काठमाडौंको महाराजगञ्ज बस्ने सुजन तामाङ छन् ।
तामाङले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी ग्लोबल आईएमई बैंकको चेक काटी दिई बैंकिङ कसूर गरेको प्रहरीले जनाएको छ । सो कसुरमा उनलाई उच्च अदालत पाटनको गत २०७७ पुस ६ गतेको फैसलाले आठ दिन कैद र २० लाख रुपैयाँ जरिवाना ठहर भएको थियो ।
फरार रहेका तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट परिचालित विशेष टोलीले महाराजगञ्जबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको प्रहरीले जनाएको छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ