चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका– ८ निवासी क्यान्सर पीडित लक्ष्मीमाया श्रेष्ठ बचाउन माओवादी केन्द्रले २ लाख २७ हजार संकलन गरेर पीडितलाई हस्तान्तरण गरेको छ ।
लक्ष्मीमाया १ वर्षदेखि क्यान्सर रोगबाट ग्रसित रहेकी थिइन् । उनलाई बचाउनको लागि माओवादी केन्द्र र पार्टीको भातृ संगठन अखिल क्रान्तिकारीले ‘श्रेष्ठ बचाउ’ अभियान सञ्चालन गरेको थियो । अभियनको क्रममा संकलन भएको रकम आईतबार नेकपा माओवादी केन्द्र इर्खु वडा कमिटीका अध्यक्ष रामकृष्ण दङ्गाल र नेकपा माओवादी केन्द्र काठमाडौ चौतारा नगर सम्पर्क मञ्चका अध्यक्ष कुमार श्रेष्ठले संयुक्त रुपमा श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।
सो अभियानको क्रमममा नेकपा माओवादी केन्द्र इर्खुको संयोजनमा १ लाख १६ हजार ६ सय तीन रुपैयाँ, अखिल क्रान्तिकारी चौतारा नगर कमिटीको संयोजनमा १९ हजार रुपैँया र नेकपा माओवादी काठमाडौ इर्खु सम्पर्क मञ्चको संयोजनमा ५२ हजार ७ सय १७ रुपैया संकलन भएको अभियानका संयोजक सन्तोष दंगालले जानकारी दिए ।
यस्तै विभिन्न व्यक्तित्वहरु तथा संस्थाबाट ३८ हजार ८ सय ३ रुपैयाँ गरी २ लाख २७ हजार १ सय २३ रुपैंया रकम संकलन भएको सो रकम हस्तान्तरण गरिएको समेत दंगालले जानकारी दिए ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ