हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएको छ । बुधबार दिउँसो प्रदेश प्रमुख यादवचन्द्र शर्माले २४ घण्टा भित्र अर्थात बिहीबार दिउँसो ३ बजेसम्म मूख्यमन्त्री पदमा दावी गर्न आह्वान गरेका छन् ।
मूख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले बहुमतको अर्को सरकार गठनका लागि आह्वान गरेका हुन् । प्रदेशसभामा पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुनुअघि नै मुख्यमन्त्री शाक्यले बुधबार प्रदेश प्रमुखसमक्ष राजीनामा दिएकी थिइन् ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता कृष्णप्रसाद आचार्यले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त प्रदेशसभा सदस्यलाई बिहीबार दिउँसो ३ बजेसम्म मुख्यम्त्रीमा दावी पेश गर्न आह्वान गरिएको छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ