बलेफी । बलेफी गाउँपालिका वडा नं. ४ को खर्कचौर विन्जेलमा प्रशुती केन्द्र निर्माण हुने भएको छ ।
अष्ट्रियन नागरिक थियो फिस्चेको आर्थिक सहयोगमा ६ कोठे सुविधा सम्पन्न प्रशुति केन्द्र निर्माण हुन लागेको हो । अष्ट्रियन नागरिक फिस्चेको ५० लाख ४० हजार र बलेफी गाउँपालिकाको १२ लाख ६० हजार लागतमा भवन निर्माण हुने छ ।
निर्माणाधिन भवनको शुक्रबार दाता संस्था अष्ट्रियन नागरिक थियो फिस्चे र संविधान सभा सदस्य केशव नेपालले एकै साथ सिलान्यास गरेका हुन् । सिलान्यास कार्यक्रममा संविधान सदस्य केशब नेपाल, बलेफी गाउँपालिका अध्यक्ष केदार क्षत्री, डा.सविना पराजुली, ईन्जिनियर नविन पराजुली र जालपादेवि माविका प्रधानाध्यापक नेत्रप्रसाद तिमिल्सिनाले मन्तब्य राखेका थिए ।
प्रशुति केन्द्र निर्माण संगै ग्रामीण भेगमा गर्ववतीलाई प्रशुति सेवा लिन टाढा टाढाको स्वास्थ्य संस्था धाउनु पर्ने र जोखिम पूर्णरुपमा घरमनै सुत्केरी हुने प्रथाको अन्त्य हुनेछ । शिलान्यास कार्यक्रममा स्थानीय पन्जेबाजा, लोक भजन र जालपादेवि माविका विद्यार्थीहरुले आकर्षक गीत तथा नृत्य प्रस्तुत गरेका थिए । साँगाचोक निवासी ईन्जिनियर नविन पराजुलीको समन्वयमा प्रसुति केन्द्र निर्माण हुन लागेको हो ।
कार्यक्रम बलेफी गाउँपालिका वडा नं. ४ का अध्यक्ष कालिप्रसाद तामाङको अध्यक्षतामा सम्पन्न भएको हो ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ