आँखा मिच्दै उठ्दा हिमाल हाँसेको देख्छु,
कस्तो अटल कम्मर उस्को भाँचेको देख्छु ।
कोहिकतै नजिक गयो भने मधुमास लिएर,
लाजको पर्दामा लज्जावती लुकेको देख्छु ।
कुहुकुहु आवाज सुन्दै बगैंचामा हराउँदा म,
माहुरीलाई फूलले स्पर्शबाट छोपेको देख्छु ।
झलमल हुँदा पहाड डाँफे नाच्नुको रहस्यमा,
पहाड रातै बनाई लालीगुँरास फुलेको देख्छु ।
मखमली सयपत्रीलाई मैले टिपी दुख्दाखेरी,
खोला सुसाउँछ अनि न्याउली रोएको देख्छु ।
मलाई यहि प्रकृतिमै रमाउन मन लाग्छ जब,
जोडी ढुकुरले एक अर्कालाई चुमेको देख्छु ।
०००
जुगलगाउँपालिका– ६, हाप्रा, सिन्धुपाल्चोक
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ