इराकी प्रधानमन्त्री मुस्तफा अल खादिमीले राजधानी बग्दादस्थित आफ्नो निवासमा आक्रमण भएपछि आफू त्यहाँबाट भागेको बताएका छन् ।
उक्त आक्रमणलाई उनको हत्या गर्ने प्रयास भनिएको छ । अधिकारीहरूका अनुसार राजधानीस्थित ग्रीन जोनमा रहेको उनको निवासमा विस्फोटक पदार्थ राखिएको एउटा ड्रोनबाट आक्रमण गरिएको थियो । सञ्चारमाध्यमहरूका अनुसार प्रधानमन्त्री अल(खादिमीलाई अस्पताल लगिएको थियो। तर उनले आफू घाइते नभएको बताएका छन् ।
सामाजिक सञ्जालमा ट्विटरमा उनले इराकको हितका लागि सबैलाई शान्त र संयमितू हुन आह्वान गरेका छन् । अधिकारीहरूका अनुसार प्रधानमन्त्रीको सुरक्षार्थ खटिएकामध्ये छ जना घाइते भएका छन् । कैयौँ सरकारी भवन र दूतावासहरू अवस्थित क्षेत्रमा देशका प्रधानमन्त्रीमाथि त्यसरी आक्रमण भएको हो ।
अहिलेसम्म त्यसको जिम्मा कसैले पनि लिएको छैन । अमेरिकाले घटनाको भर्त्सना गर्दै अनुसन्धानमा सहयोग गर्ने प्रस्ताव गरेको छ । प्रधानमन्त्री अल(खादिमी गुप्तचर निकायका पूर्वप्रमुख हुन् । उनले गत वर्षको मे महिनामा प्रधानमन्त्रीको पदभार ग्रहण गरेका थिए । (बिबिसीको सहयोगमा)
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ