चौतारा । चिसो बढेसँगै फ्लु, इन्फ्लुएन्जा, एचवान एन वानलगायतका विभिन्न भाइरस सक्रिय हुन थालेपछि कोभिड– १९ को संक्रमण बढ्न सक्ने चिकित्सकले बताएका छन् ।
यससँगै आउन सक्ने कोभिडको नयाँ भेरियन्ट (तेस्रो लहर) अझै घातक हुन सक्ने र आवश्यक सर्तकता अपनाउन नसकिए तेस्रो लहरबाट थप क्षति बेहोर्नुपर्ने अवस्था आउने कोभिड–१९ को अन्तर्राष्ट्रिय अध्ययन गरिररहेका डा. रमेशकुमार आचार्यले जानकारी दिए ।
उनले विभिन्न युरोपियन मुलुकमा डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिएसँगै नेपालमा नयाँ भेरियन्ट देखापर्न सक्ने बताउँदै त्यसका लागि सरकारले पूर्वतयारीस्वरूप पर्याप्त मात्रामा आइसोलेसन वार्ड र हस्पिटल बेडको व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याए । डा. आचार्यले पुनः संक्रमण बढ्दै जान सक्ने र अस्पतालमा शय्या, आईसीयू, भेन्टिलेटर र अक्सिजन कमी हुन सक्ने भएकाले स्वास्थ्य मन्त्रालयले समयमा नै उचित व्यवस्थापनमा ध्यान पुर्याउनु पर्ने सुझाव दिए ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ