हेटौंडा । बागमती प्रदेशमा नवनियुक्त मन्त्रीद्वय नेपाली काँग्रेसबाट नीमा लामा र नेकपा माओवादी केन्द्रबाट शालिकराम जम्कट्टेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बिहीबार मन्त्रिपरिषद् विस्तार मन्त्रिपरिषद गर्दै दुई सदस्य थप गरेका हुन् । मुख्यमन्त्री पाण्डेले लामालाई स्वास्थ्य मन्त्रालय र जम्कट्टेललाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिएका छन् । कार्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले सोही दिन तीन मन्त्री नियुक्त गरेका थिए । त्यसपछि पहिलो पटक मन्त्रिपरिषद् विस्तार गरिएको हो । तर मन्त्रिपरिषद् विस्तारले अझै पूर्णता पाउन भने बाँकी नै छ ।
मन्त्रिपरिषद् विस्तारले पूर्णता नपाएका कारण अझैसम्म मुख्यमन्त्री पाण्डेले भूमि, व्यवस्था तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ