नवलपुर । गएको कार्तिक २५ गतेबाट राष्ट्रिय जनगणना सुरु भएको छ । तर गणनाको लागि घरमा पुगेका गणकहरुले परिवार सदस्य नभेटेपछि समस्या देखिएको छ ।
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका– ५ को इन्द्रावती नदी आसपासका माझी समुदाय घरमा भेटिदैनन् । जीवन गुजाराका लागि इन्द्रावती बगरमा रहने उनीहरु घरमा नभेटिएपछि तथ्याङ्क सङ्कलनको लागि अफ्ट्यारो परेको गणकहरुले बताएका छन् ।
‘उहाँहरु घरमा भेटिनुहुन्न’, इन्द्रावती गाउँपालिका– ५ मा गणकको काम गर्दै आएकी कविता चापागाईले भनिन्– ‘इन्द्रावती बगरमै गएर तथ्याङ्क संकलन गरिरहेको छु ।’ यसरी तथ्याङ्क सङ्कलन गर्दा तथ्याङ्क पूरा रुपमा नआउने हो कि भन्ने समस्या रहेको उनले सुनाईन् ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ