भारीबाेक्दा झाेला फाट्छ, गनगन बाकाे,
दुच्छर केटा जतन छैन, डाका कहिं नभाकाे,
स्कुलमा गुरु गाली, अभिभावक गाली,
बाका गाली सुनेपछि आमा ठाेक्ने ताली ।
आठै वर्ष भएँबल्ल, भरियाझैं ठानी,
झाेला पार्छ ठसठस, कहिले हुनु ज्ञानी ।
मरितरी बाेक्न सक्छु, किताबकाे भारी,
पाठ बुझे मरिजाउँ, गन्छु सरका दारी ।।
कति पढ्ला भन्ठानेर, बाेकाएका भारी,
जिउ थाम्नै गार्हाे हुन्छ, हरबर पारी ।
झाेलाका यी किताबकाे, थाक ठुला चुली,
याे पढूँ कि त्याे पाे पढूँ, दिक्क पाठै भूली ।
के आउँछ के आउँदैन, कैले साेध्या हैन,
पाना हेर्याे भटभटायाे, अरूशैली छैन ।
बिदा दिन रमाइला, न त झाेला भारी
पाेखरीमा दिन बित्छ, डुल्छु आफ्नै वारि ।
०००
पुण्य घिमिरे
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ