चौतारा । जिल्लाका सबै वडा र स्थानीय तहहरुको सम्मेलन उत्साह जनक वातावरणमा सम्पन्न भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिन्धुपाल्चोकले संगठित सदस्यहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।
आईतबार एक प्रेस विज्ञप्ती जारी गर्दै सिन्धु (माओवादी केन्द्र)ले सम्मेलनलाई भव्यताकासाथ सम्पन्न गर्न महत्वपूर्ण भूमिका निवार्ह गर्नेे संगठित सदस्य, सम्मेलन प्रतिनिधि, आयोजक र निर्वाचन समिति लगायत सबैलाई धन्यवाद दिएको हो । केन्द्रको जिल्ला समन्वय समिति संयोजक गोविन्द पराजुलीद्वारा हस्ताक्षरित विज्ञप्तीमा समाजवाद निर्माणको बाटोमा उत्पादनका औजारहरु बोकेर सिंगो पार्टी जनताको साथमा अहोरात्र खटिरहने प्रतिवद्धता समेत व्यक्त गरिएको छ ।
‘समस्त मुक्तिकामी, श्रमजिवी र प्रगतिशिल जनसमूदायको भावना, चाहाना र आकांक्षा पूरा गर्न दुःख र सुख दुबैको साथी बन्न विकृती विसंगतिको बिरुद्धको नेतृत्व गर्न, लेलिनवादी संगठनात्मक सिद्धान्तको मार्ग निर्देशणमा रहि निर्वाचित समितीहरुलाई स्वचालित बनाउन निरन्तर लागि पर्ने छ’, विज्ञप्तीमा भनिएको छ– ‘द्वन्दात्मक भौतिकवादी दर्शन र वैज्ञानिक समाजवादको बाटोमा कम्युनिष्ट आचरण, नैतिकता, मूल्य र मान्यता प्रति प्रतिबद्ध रहि समाजवाद निर्माणको बाटोमा उत्पादनका औजारहरु बोकेर सिंगो पार्टी जनताको साथमा अहोरात्र खटिरहने छ ।’
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ