बरुवा । पाँचपोखरी थाङ्पाल गाउँपालिका– २ बरुवाका महिलालाई आत्मनिर्भरतातर्फ लैजान बाँस र निगालोको हस्तकला तालिम दिईएको छ ।
गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत पाँचपोखरी थाङ्पाल गाउँपालिका उद्यम विकास शाखाको आयोजनामा भएको सो तालिममा आठ जना महिलाहरु सहभागी छन् । बरुवाको विकट गाउँ डालेमा सञ्चालित तालिम एक महिना सञ्चालन हुने उद्यम विकास शाखा प्रमुख दिपेन्द्र पौडेलले जानकारी दिए ।
तालिममा बाँसको टेबल, कुर्सी, घडी, ऐनाको फ्रेम लगायतका सामग्री बनाउन सिकाइने सहभागीहरुलाई सहजीकरण गरिरहेका तीर्थलाल श्रेष्ठले बताए ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ