काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले सीमा नाकाबाट सहज रूपमा सामान आयात–निर्यात हुने व्यवस्था गर्न चीनलाई आग्रह गरेकी छिन् ।
तातोपानी र केरुङ नाकाबाट अझै पनि सामान आयात–निर्यातमा कठिनाइ भएको भन्दै उनले यस्तो अवस्था अन्त्य गर्न आग्रह गरेकी हुन् । चाइना फाउण्डेसन फर पोभर्टी एलिभेशन नेपालको छैटौं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले चीनले भूकम्प, कोभिड जस्ता महामारीमा सहयोग गरेकोमा प्रशंसा समेत गरेकी थिइन् । ‘दुःख पर्यो भने हेर्ने छिमेकीले हो’, मन्त्री रेग्मीले भनिन्– ‘नाकाबन्दीको बेला नेपालले चीनबाट सहयोग पाएको छ ।’
छिमेकी देशहरूबीच सहयोगको अपेक्षा हुने बताउँदै उनले सीमानाकाबाट सहजरूपमा सामान भित्रन पाउनुपर्ने बताएकी हुन् ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ