काठमाडौँ । नेकपा माओवादीको आठौँ राष्ट्रिय महाधिवेशनमा प्रचण्डपथ ब्युँताउनु पर्ने माग भएको छ ।
माओवादी बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेलले २०६५ सालमा प्रचण्डपथ त्याग्नु ठूलो गल्ती भएको बताए । उनले प्रचण्डपथलाई भरखरै जन्माएको बच्चालाई अनाथालयमा लगेर राखिएको संज्ञा दिए । ‘२०५७ सालमा सहरिया आन्दोलनको पनि फ्युजन गरेर जान सकिन्छ भन्ने थियो’, उनले भने– ‘२०६५ सालमा त्यागियो ।’
प्रचण्डपथ ब्युँताएर दलाल पुँजीवादका विरुद्ध लड्नु पर्ने पौडेलको भनाई छ । उनले राष्ट्रिय अर्थतन्त्र निर्माण गर्नुपर्ने बताए । ‘प्रचण्ड विचारकै रूपमा उठ्ने बेला भएको छ कि छैन’, उनले भने– ‘यो माओवादीको युग हो, यहाँ प्रचण्डपथ चाहिन्छ ।’
पौडेलले प्रचण्डपथ ‘माछाले फुल पारेर छोडे जस्तो’ भएको टिप्पणी गरे । उनले राजतन्त्र ढालेर आएको परिवर्तनको क्रेडिट माओवादीले पाउनु पर्ने तर्क गरे । उत्पीडनमा परेका व्यक्तिको परिवर्तनका लागि माओवादीले युद्ध लडेको दाबी उनको थियो ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ