चौतारा । नेपाल बाख्रा पालन महासंघ सिन्धुपाल्चोकको दोश्रो जिल्ला अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ ।
अधिवेशनले लिसंखुपाखर गाउँपालिका– ३ का उद्धव नेपालको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा लुकबहादुर तामाङ (जुगल गाउँपालिका– ६), सचिव साधुराम नेपाल (बलेफी गाउँपालिका– ४), सहसचिवमा यशोदा लामा (बलेफी गाउँपालिका– ४) र कोषाध्यक्षमा रमेश तामाङ (मेलम्ची नगरपालिका– ६) सर्वसम्मत चयन भएका हुन् ।
सदस्यहरुमा रणजित कार्की (हेलम्बु गाउँपालिका– ४), लालबहादुर जिसी (लिसंखुपाखर गाउँपालिका– ३), श्यामचन्द्र श्रेष्ठ (हेलम्बु गाउँपालिका– ३), हरिबहादुर कटुवाल (इन्द्रावती गाउँपालिका– ५), देबकी भट्टराई (इन्द्रावती गाउँपालिका– ५), रत्नबहादुर सुबेदी (बाह्रबिसे नगरपालिका), केशबप्रसाद पराजुली (बलेफी गाउँपालिका– ८), राजु सिलवाल (जुगल गाउँपालिका– १), साबित्री घिमिरे (जुगल गाउँपालिका) र राजाराम खड्का (सुनकोशी गाउँपालिका) रहेका छन् ।
रामप्रसाद गौतमको अध्यक्षता भएको सो अधिवेशनलाई महासंघका बरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सेढांईले सम्बोधन गरेका थिए ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ