चौतारा । नेपाल बाल संगठनले आफ्नो नाममा रहेको सम्पत्ती संरक्षणका लागि सरोकारवालाहरुलाई आह्वान गरेको छ ।
सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा रहेको बालमन्दिरको गेट सहितको प्राङ्गण चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ ले अधिग्रहण गरि पार्किङ निर्माण गर्दै गरेको विषय उल्लेख गर्दै सो काम तत्काल रोकी सम्पत्ती संरक्षणका लागि प्रमुख जिल्ला अधिकारी र चौतारा नगरपालिकाको प्रमुखलाई आग्रह गरेको छ ।
बालमन्दिरको स्वामित्वमा रहेको जग्गामा पार्किङ निर्माणको कार्य सुरु भएपछि सो विषयमा अधिवक्ता सुरज नेपालले बालमन्दिरलाई जानकारी गराएका थिए । नियम विपरित अनाधिकृत रुपमा निर्माण सुरु भएको उक्त कार्य तत्काल रोक्न प्रशासन तथा नगरपालिकालाई पत्राचार गरेको हो ।
बालमन्दिरको अध्यक्ष बिध्या उपाध्याय न्यौपानेद्वारा हस्ताक्षरित पत्रमा अनाधिकृत रुपमा निर्माण सुरु भएको निर्माण कार्य रोकि ३–६–१–१ क्षेत्रफल जग्गाको सुरक्षाको लागि सबै सरोकारवालाई बालमन्दिरले आग्रह गरेको हो ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ