चौतारा । सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको आज (सोमबार) भएको चौथो अधिवेशनबाट अध्यक्षमा उत्सव खडका चयन भएका छन् ।
आपसी सहयोग, सद्भाव र सदाचार सिन्धुपाल्चोकबासी मिलनको आधार भन्ने मूल नाराको साथ स्थापना भएको समाजको अधिवेशन भर्चुअल माध्यमबाट गरिएको थियो । समाजको वरिष्ठ उपाध्यक्षमा बेदनाथ आचार्य, उपाध्यक्षमा राज लोप्चन तमाङ, सपना अधिकारी र उत्तम खनाल चयन भएका छन् ।
सचिवमा विशाल श्रेष्ठ, सह–सचिवमा निमा शेर्पा, प्रविन पराजुली, कोषाध्यक्षमा नवराज पाण्डे, सह–कोषाध्यक्षमा सुरज श्रेष्ठ चयन भएका हुन । समाजका सदस्यहरुमा जयराम कोइराला, कर्साङ तामाङ, गोपाल पौडेल, दोर्जे शेर्पा, उर्मिला सिंह, बसन्त थापा र वर्षा तामाङ चयन भएका छन् ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ