काठमाण्डौ । कन्सोर्टियम नेपालले निवार्चनमा बालबालिकाका विषयस् बालबालिकाकै नेतृत्वमा अभियानको औपचारिक सुरुवात गरेको छ
अभियान अन्तर्गत बाल बालिकाको नजरमा निर्वाचन नामक सामाजिल साञ्जाल मार्फतको अभियान एक कार्यक्रमबीच राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले कन्सोर्टियम नेपालको फेसबुकमा फ्लाएर पोष्ट गरि शुभारम्भ गरे । आसन्न निर्वाचनमा बालबालिकाका सवालहरुलाई मध्यनजर गर्दै यो अभियानको थालनि गरिएको हो । यो अभियानमा कन्सोर्टियम नेपालले निर्वाचन र बालबालिका सम्बन्धित रहि सामाजिक सञ्जालमा हरेक हप्ता एक प्रश्न प्रसित गर्नेछ र बालबालिकाले उक्त प्रश्नमा आफ्ना विचार व्यक्त गर्नेछन् । ति विचारहरुलाई संकलन गरि बालबालिकाकै नेतृत्वमा राजनितिक दल र सम्बन्धित निकायहरुमा हस्तान्तरण गरि अन्र्तसंवाद गरिनेछ ।
यो प्रकृयालाई कन्सोर्टियम नेपालले सहजिकरण गर्नेछ । यो अभियान सञ्जालको प्रदेश समिति र सदस्य संस्थाहरु मार्फत सातै प्रदेश र स्थानीय तहहरुमा संचालनमा आउने कुरा सञ्जालका अध्यक्ष मोहन दँगालले जानकारी दिए ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ