नहुँदा नहुँदै छाडेर जाने रहर छाडेर जान्छ
एक बेरोजगार बाध्यताले घर छाडेर जान्छ ।
जरूरत रहुन्जेल हो सबै साथमा रहिरहने,
पानी सुकेपछि खोला, बगर छाडेर जान्छ ।
काग आउँछ, कराउँछ सुकेको रुखमा बसी,
सधैं हामीलाई दुःखद खबर छाडेर जान्छ ।
जिन्दगी के हो? यही सोचेर जिन्दगी बित्यो,
जवाफ भेटिन, के मृत्युले उत्तर छाडेर जान्छ ?
पत्थरको भन्दा बलियो मन बनाईछे उस्ले,
जो एक झगडाले जिन्दगीभर छाडेर जान्छ ।
०००
गोरखा
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ