मुक्तक–एक
प्रदेश संरचना नेपाललाई अति नै भार भो,
बाली नालीमा उम्रेका अनेकथरी झार भो,
देशलाई रोटी बनाई चपाउँदैछन् नेतागण,
नेतालाई मालामाल छ जनतालाई मार भो !
मुक्तक–दुई
मन्त्री स्वयम्ले जन कुटाउँछु भन्छ,
गुण्डाले झैं टाउकै फुटाउँछु भन्छ,
आमा चकारीको अनेक गाली गर्दै,
प्रवाशबाट जनता उठाउँछु भन्छ !
मुक्तक–तीन
मुखैले त रामराम जप्थ्यौ बगलीमा छुरा रैछ,
राष्ट्रवादको वात मार्दै देश बुझाउँने कुरा रैछ,
देशभक्तिको गफ तिम्रो आज सबै झु्ट्टो भयो,
बहादुर हुँ भन्थ्यौ तर देश मेटाउँन सुरा रैछ !
मुक्तक–चार
छिमेकीले मिचेकै छ साँधमा,
गाउँ वस्ती डुबेकै छ बाँधमा,
कागजमै सीमित भो अधिकार,
बालकै भएनि भारी छ काँधमा !
मुक्तक–पाँच
खारेजीको कुरा गर्दै भित्र सदर गर्छौ,
नतिजामा जनाताको कुरा बदर गर्छौ,
एमसीसीकै अन्नपानी ज्यूनार गरेपछि,
विदेशीको पाउ पर्दै उस्कै कदर गर्छौ !
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ