काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी अब पारित हुने बताएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता टेबल भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नै उनले अब पारित हुने बताएका हुन् । प्रतिनिधिसभाको बैठक सकिएपछि बाहिर निस्कने क्रममा सञ्चारकर्मीहरुले उनलाई एमसीसी कहिले पास हुन्छ भनी प्रश्न गरेका थिए । जवाफमा उनले भने, ‘अब पास हुन्छ ।’
प्रतिनिधिसभाको आइतबारको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सहयोगसम्बन्धी सम्झौता एमससीसी अनुमोदनका लागि टेबल गरेका थिए ।
अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनको प्रस्ताव प्रतिनिधि सभामा टेबल भएपछि संसद भवन बाहिर र बानेश्वर क्षेत्रमा भने एमसीसीको विरोधमा प्रदर्शन चर्किएको छ । प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा केही घाइते भएका छन् । केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले प्रदर्शनकारीमाथि लाठी, अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ ।
प्रदर्शनकारीले पनि प्रहरीमाथि ढुंगा प्रहार गरेका छन् ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ