लिएर दायित्व
बढाएर जिम्मेवारी
सहेर उकुसमुकुस
जो मुस्कुराउँछे चुपचाप
आफ्नाहरुका लागि
खाली कसौँडीको आवाजलाई
निलेरै भन्छे– छु म टन्न
न थाक्छे ऊ कहिल्यै
आफ्नाहरुको नजरमा
न दिक्क मान्ने अधिकार छ उसलाई
न सक्छे दौडिन बनेर स्वतन्त्र
किनकि पैतालाको चालले
नापिन्छ उसको स्वभाव
कड्किएर बिमति जनाउने अधिकार
उसै दिन गाडिन्छ सायद्
उसको सालनालसँगै
पैतालाका चालहरु
सुस्ताउँदै जान्छन् धिमे धिमे
उसको हुर्काइसँगै
ठेकेदार हो ऊ
सम्पूर्णलाई खुसी पार्ने ठेक्का लिएकी
भलै मतलब गर्ने कोहि नहुन्
उसको खुशीको
चाहना र भावनालाई कुल्चाएरै पनि
खुसी खुसी स्वीकारोक्तिको भान छर्ने
महान् कलाकार हो ऊ
र, त मुस्कुराउँछे
कुन्नि कुन शक्तिको भरमा
हो त्यही सत्य हाे– नारी ।
OOO
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ