जलविरे । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका– १ जलबिरे स्थित आनन्द माध्यमिक विद्यालयमा अध्ययनरत ११ जना विद्यार्थीहरुलाई विद्यालय सहायक प्रधानध्यापक दिपक तामाङले पाईपले कुटपिट गर्दा घाइते भएका छन् ।
शिक्षकको कुटाईबाट कक्षा ११ मा अध्ययनरत दिपिका श्रेष्ठ, सीमा श्रेष्ठ, सप्रीना भुजेल, सम्झना श्रेष्ठ, राजकुमार सुनवार, विजयबहादुर भण्डारी, दिलिप श्रेष्ठ, नोर्माई स्याङ्बोलगायत घाईते भएका छन् । दिपिका श्रेष्ठको ढाडमा नीलडाम र हात फ्याक्चर भएको छ । शिक्षकले निर्मम कुटपिट गरेको भन्दै पीडित पक्षले जलविरे ईलाका प्रहरी कार्यलयमा जाहेरी दिएका छन् । पीडित विद्यार्थी पक्षले शिक्षकलाई कडा भन्दा कडा कारवाही गर्न समेत माग गरेका छन् ।
तर अभिभावकहरुलाई राजनीतिको आडमा मिल्नको निमित्त पीडक पक्षले दवाव दिइएको घाईते दिपिका श्रेष्ठको मामा राजन श्रेष्ठले बताए । घटना चैत्र २ गतेको भएपनि पीडित विद्यार्थीहरु विहीबार फागुपुर्णिमाको सार्वजनिक छुट्टी भएकोले सामन्य उपचार पछि घरमा नै उपचार गरेर बसेका छन् । अन्धाधुन्ध प्लास्टिकको पाईपले घाइते हुने गरी कुटपिट गर्दा बाल अधिकार हनन् भएको पीडितहरू बताउँछन् । कुटपिट गर्ने शिक्षक दिपक तामाङलाई गाउँपालिका उपाध्यक्ष कमला कायस्थको ‘पावर’मा स्थायी दरबन्दीको स्थानमा राहत दरबन्दीका व्यक्ति नियुक्त गरेकी थिईन् ।
स्थायी दरबन्दी भएको ठाउँमा राहत दरबन्दी ल्याउन हुँदैन भनेर स्थानीय, समाजसेवी, विद्यार्थीहरुले तालाबन्दी गरे पनि २ महिना अगाडि उनलाई नियुक्त गरिएको थियो । अहिले एमालेका नेता र दिपक तामाङको समर्थकहरुले अभिभावक र विद्यार्थीहरुलाई फोन र भेटेर यो घटनालाई उजागर गर्न नदिन दवाव आएको श्रेष्ठ बताउँछन् । अभिभावक र विद्यार्थीहरुले भने कडा भन्दा कडा कारवाही नगरिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । शिक्षक तामाङ र विद्यालय प्रशासनसँग यस विषयमा बुझ्न खोज्दा सम्पर्क हुन सकेको छैन ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ