चैत्र ५ गतेलार्ई माओवादी आन्दोलनका सांस्कृतिक अभियन्ताहरूले आफ्नो विशेष पर्वको रुपमा मनाउँदै आएका छन् । जनयुद्धताका समेत बचन, वाद्यवादन र कलमलाई आफ्नो मुख्य हतियार बनाएर अभियान चलाईरहेका जनवादी सांस्कृतिककर्मीहरूमध्ये च्याङवा लामा, गुम्वासिंह लामा, चिनिमाया तामाङ, डम्बर श्रेष्ठ, सावित्री चौलागाई, सुभद्रा सापकोटा र मञ्जु कुँवरलार्ई काभ्रेको अनेकोटको एक घरमा बसिरहेको अवस्थामा चारैतिरबाट घेरा हाली तत्कालीन सुरक्षा फोर्सले बसेको घरमा आगो लगाई जलाएर हत्या गर्यो ।
सारंगी, गितार, मादल, र बाँसुरी बोकेर हिडेका संगीतकर्मीको टोलीमाथि गरेको त्यो हत्याकाण्ड अमानवीय क्रुर थियो भन्ने कुरा त्यतिवेलाका सरोकारवाला सबैले व्यक्त गरे । लेखक यद्यपि, कतिपय किशोरकिशोरी अवस्थाका ती कलाकर्मी योद्धाहरू त्यसप्रकारको क्रुर मृत्युसँग हार मानेनन् र आगोमा जल्दाजल्दै प्रतिबद्धतामा दृढ बने । परिवर्तनका लागि भौतिक शरीरको बलिदान दिए । त्यस्तै महान् जनवादी कवि कृष्ण सेन इच्छुकले आत्मसमर्पण गर्न मानेनन् बरु बन्द हिरासतमा मृत्यु स्वीकार गरे । चुनु गुरुङलार्ई बाटोमा निशस्त्र हिँड्दा हिँड्दै मारियो ।
रोल्पाको भावाङ भन्ने ठाउँमा बाह्र जना जनकलाकारको सामूहिक हत्या गरियो । यद्यपि, प्रगतिशिल एवं जनवादी सांस्कृतिक अभियान कमजोर होइन झन् सशक्त र प्रभावशाली बन्दै गयो । बन्दुकसँग बन्दुकविनाका आवाज, धुन र कलमको हतियारमार्फत विद्रोहको ज्वाला ओकल्न तयार जनयुद्ध र त्यसबाहेकका परिवर्तनकारी अभियानमा सहादत प्राप्त गर्ने जनसांस्कृतिककर्मीको वीरतालार्ई सम्झने एक महान दिनको रुपमा २०५६ साल चैत्र ५ गतेदेखि जनसांस्कृतिक महासंघ नेपाल तथा माओवादी आन्दोलनका सहयात्रीले हरेक वर्ष मनाउँदै आएका छन् ।
संस्कृतिको क्षेत्र समाजको विकासको यस्तो महत्वपूर्ण पक्ष हो, त्यसले नै आधुनिक समाजको विकासक्रमलाई यो हदसम्म ल्याइपु¥याउन मद्धत गरेको छ । एक वाक्यमा भन्दा संस्कृति हरेक समाजको ऐनाको रुपमा स्थापित छ । व्यक्तिको आचरण, व्यवहार, मनोविज्ञान, सोच्ने तरिका र बनाउने भविष्यको योजनामा प्रत्यक्ष प्रभाव पार्ने संस्कृतिको विषय वर्तमान नेपालमा प्रायः छायामा परेको विषय हो । नेपालको इतिहासमा पञ्चायती व्यवस्था टिकाउने अभिप्रायसहित ‘एक राजा एक देश एक भाषा एक भेष’ को नारासहित विशुद्ध हिन्दु संस्कृतिको उत्थान र विकासमा तत्कालीन राजा महेन्द्रले जेजति काम गरेका छन् (आफ्नो निहित उद्देश्य पूर्तिको निम्ति भएता पनि आफ्नो सिद्धान्त अनुसारको सामाजिक सांस्कृतिक अभिव्यक्ति गर्न सफल व्यक्ति उनै थिए) सम्भवत उनीबाहेक अरु कुनै त्यस्ता शासक भएनन् जसले संस्कृतिलाई सत्तासँग जोड्न सके ।
आमसंस्कृति जसले आजको समाज निर्माणमा खास कालखण्डहरूमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ त्यसलाई सम्पूर्ण रुपले विरोध गरेर कसरी जनसंस्कृति निर्माण हुन सक्दछ ? यो माक्र्सवादले प्रक्षेपण गरेको द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको समेत खिलाफको कुरा हो । त्यसप्रकारको संस्कृतिलाई शिक्षामा समावेश गर्दै आम बालमनोविज्ञानमा कुशलतापूर्वक पु¥याउन सफल भएका कारण आज पनि नेपाल महेन्द्रीय राष्ट्रवादको वकालतमा एक कदम अगाडि नै छ ।
अरुको कुरा छाडेर वामपन्थीलाई मात्र लिने हो भने पनि महेन्द्रको झल्को धेरै शीर्षस्थ नेतृत्वमा देखिन्छ । जसले वैज्ञानिक समाजवादबारे आफूलाई एक नम्वरका माक्र्सवादी भन्छन् र पनि तीनको अन्तर्यमा महेन्द्रवादी एकल राष्ट्रवाद ठुसठुस्ती गन्हाइरहेको हुन्छ । यसर्थ पनि स्पष्ट छ कि, संस्कृतिले समाजको मनोविज्ञान निर्माणमा के सम्मको असर गर्न सक्ने रहेछ रु विभिन्न जाति, क्षेत्र, वर्ग तथा समुदायका आफ्ना भिन्न मौलिक संस्कृति र त्यसैको आधारमा चिन्तन गर्ने शैली तथा आनीबानीमा फरक परेको हुन्छ । उक्त विषय नेपालका राजनैतिक दलहरूमा ओझेल परेको विषय भएकोले त्यसले प्रत्यक्ष असर प्रारम्भिक शिक्षामा गरेको छ । त्यहीकारण समान प्रकृतिको प्रतिस्पर्धात्मक ज्ञानको क्षेत्र कमजोर हुन पुगेको छ ।
यसको असर अन्ततः राष्ट्रिय अर्थतन्त्रमा पर्न गएको छ र देश झन् धेरै गरिबीको रेखामुनि बगिरहेको छ । संस्कृति र जनसंस्कृति जनसंस्कृति भन्ने बित्तिकै पुँजीपति वर्गले कम्युनिस्टलाई संस्कृति एवं परम्पराविरोधी पगरी लगाइदिने कोशिस गर्दछन् । जसले गर्दा आमसर्वसाधारण मानसिकतामा प्रगतिशील चेतनाको उज्यालो नछिरोस् र आफ्नो राज सदा टिकाइँ राख्न सकुँ ।
आमसंस्कृति जसले आजको समाज निर्माणमा खास कालखण्डहरूमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ त्यसलाई सम्पूर्ण रुपले विरोध गरेर कसरी जनसंस्कृति निर्माण हुन सक्दछ ? यो माक्र्सवादले प्रक्षेपण गरेको द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको समेत खिलाफको कुरा हो । जुनकुरा जनसंस्कृतिका अभियन्ताले सोच्न समेत सक्दैनन् । बरु आज भनिएको कथित संस्कृति खास शासकले जनतालाई भ्रममा पारेर आफ्नो सत्ता सञ्चालन गर्ने बलियो हतियारको रुपमा प्रयोग गर्दै आएका थिए । त्यसखाले संस्कृतिको नाममा गरिएको गलत शासनविरुद्ध अर्थात् कुशासनले जन्माएको कुभावनाको कारण समाजमा सिर्जित कुरीति, प्रथा एवं कुसंस्कृतिकै रुपमा गाँजिदै गएको विकृतिको ठाउमा प्रगतिशील चेत र सपनासहितको एक हराभरा र समान संस्कृति निर्माणको अभियान जनसंस्कृति हो ।
कुनै पनि नामको पुरुषको दास महिला होइन, महिलालाई पनि समान मान्छे बनाउनु पर्छ । कुनै अलौकिक भाग्यले होइन पशुवत् मानसिकता भएका शासकहरूले दलित बनाएका हुन, उनीहरूलाई पनि अव्बल दर्जाको समान मान्छे बनाउनु पर्छ । जस्तो कि, नेपाली समाज बहुजाति र बहुभाषिक समाज हो । प्राकृतिक विविधताले भरिपूर्ण एक सार्वभौम सम्पन्न देश हो । भूगोल अनुसार, आफ्ना भिन्न मातृभाषाको कारण र बिलकुल भिन्न सांस्कृतिक परम्पराले गर्दा यहाँका सबै समुदायका व्यक्तिले समान किसिमले सोच्न, बुझ्न र व्यवहार गर्न सक्छन् भन्ने छैन ।
यसबारेमा एउटा उदाहरणको सहायता लिन सकिन्छ । मानौं एक अमेरिकन तर अलिअलि नेपाली बोल्न सक्ने अव्बल विद्यार्थी र सामान्य क्षमता भएको एक कुशल नेपाली भाषी विद्यार्थीलाई एउटै विषयमा एउटै कक्षामा राखेर नेपाली भाषी शिक्षकले नेपाली भाषामा पढायो भने कसले छिट्टो त्यस विषयमा सफलता हासिल गर्न सक्छ ? त्यस्तै भर्खरै नेपाल छिर्दै गरेको त्यो विदेशी र नेपालको वातावरणमा घुलमिल भइसकेको नेपाली विद्यार्थीलाई नेपालको विकासका आधारबारे अध्यापन गराइयो भने कसले छिट्टो सम्झन सक्छ ?
यसको सिधा उत्तर छ– अमेरिकन विद्यार्थीको जस्तोसुकै ज्ञानी दिमाग होस् नेपाल भाषी विद्यार्थी अन्ततः अगाडि हुन्छ हुन्छ । किनकि आफ्ना मातृभाषा, मातृभाषामा नै पढाउने शिक्षकको मनोविज्ञान र नेपालसँग नेपाली विद्यार्थी पहिलेदेखिनै परिचित भइसकेको हुन्छ । यसका तुलनामा सहपाठी अमेरिकन साथीले त्यति कुरा बुझी नसक्दा ऊ अर्को विषयमा फड्को मारिसकेको हुन्छ । आजभन्दा कम्तिमा सय वर्षअघिको समाजमा फर्केर माथिको उदाहरण मनन गरौं । के यस्तै समस्या नेपालमा थिएन र? महाभारतका तामाङ, रोल्पा, रुकुमका मगर, तमुवानका गुरुङ, पूर्वका किरात, काठमाडौंका नेवार मधेशका मधेशी तथा थारु लगायतका मातृभाषी समुदायहरू के सजिलै खस भाषा बोल्न सक्थे ? एउटा अमेरिकनलाई आजको नेपाली भाषा बुझ्नु र नेपालको जाति जनजातिलाई एक अर्काको भाषामा खुट्याउनु उस्तै तथ्य थियो । आजको नेपाली भाषामा सहजता आउँदै गरेको भएता पनि संस्कारले प्रदान गरेको मनोविज्ञान फरक नै हुन्छ ।
हिमालमा बस्नेहरूको मनोविज्ञान, भाषा, परम्परा र तराईमा बस्नेको एउटै होइन । त्यस्तै भिन्न–भिन्न जातिको सन्दर्भमा र विशेषगरी महिला पुरुषलाई हामी जुन संस्कार दिएर हुर्काउने गरेका छौं, तिनीहरूको सोच्ने तरिका, मनोविज्ञान र परिवेश एउटै छैन । नेपालको समग्र व्यक्तिहरूलाई समान ज्ञानको प्रतिस्पर्धामा ल्याउने हो भने समान सांस्कृतिक पहिचान, भाषा एवं धार्मिक मान्यताको आजको परिभाषा समान किसिमबाट गरिनुपर्छ भनेर उठेको बहस जनसंस्कृति हो । कुनै पनि नामको पुरुषको दास महिला होइन, महिलालाई पनि समान मान्छे बनाउनु पर्छ ।
कुनै अलौकिक भाग्यले होइन पशुवत् मानसिकता भएका शासकहरूले दलित बनाएका हुन, उनीहरूलाई पनि अव्बल दर्जाको समान मान्छे बनाउनु पर्छ । भाषा, भूगोल वा कथित पूर्वजुनीको फलले कमजोर, गरिब र कम ज्ञानी भएको होइन यो सब बदल्न सकिन्छ र सबका सब नेपाली समाजका मान्छेलाई समान, समृद्ध र महान् मान्छे बनाउन सकिन्छ अर्थात् गरिब केवल यस्तै कमजोरीको कारण होइन असमान सांस्कृतिक विभेदको कारण हुन जान्छ । संस्कृतिमा भएका विकृतिको अन्त्य गरी संस्कृतिको नवीन विकासमार्फत समानता ल्याउन सकिन्छ भन्ने आशावाद नै जनसंस्कृति हो । धर्मको नाममा मौलाएका र परम्पराको नाममा गाँजिएका कुरीति, परम्परा र संस्कारको अन्त गर्न र समुन्नत समान समाजको परिकल्पनामा गाउनु, लेख्नु, अभिनय गर्नु, चित्र बनाउनु वा पढ्नु र आम जनसमुदायलाई यस सत्य (भौतिकवादी) मार्गमा हिँडाउनु जनसंस्कृतिको कर्म हो ।
यसपालीको जनसांस्कृतिक प्रतिरोध दिवस विविध लुकेका राजनैतिक उद्देश्य बोकेर नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको वर्चस्व रहेको र संस्कृतिमा प्रगतिशीलताको त कुरा छाडौं झन् बढी साम्प्रदायिकता भड्काउने खालको कथित अभियानको विरुद्ध जनसांस्कृतिक महासंघ प्रगतिशील सांस्कृतिक अभियान चलाउन चाहन्छ । धर्मको नाममा मौलाएका र परम्पराको नाममा गाँजिएका कुरीति, परम्परा र संस्कारको अन्त गर्न र समुन्नत समान समाजको परिकल्पनामा गाउनु, लेख्नु, अभिनय गर्नु, चित्र बनाउनु वा पढ्नु र आम जनसमुदायलाई यस सत्य (भौतिकवादी) मार्गमा हिँडाउनु जनसंस्कृतिको कर्म हो ।
त्यसका लागि यसपाली चैत्र ५ गते जनसांस्कृतिक अभियानको एक हिसाबले भव्य उद्घाटनको रुपमा रहने छ । साथै नेपालको संविधानले दिशानिर्देश गरेको समाजवादी यात्रामा संस्कृति कस्तो हुने हो बृहत बहसको ढोका खोल्ने छ । यो बहसमार्फत आमजनतामा चेतनामा प्रगतिशील विचार कसरी प्रवाह गर्न सकिन्छ कलात्मक सिर्जनाहरूको खोजी गरिनेछ । उपरोक्त कार्य अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका होइनन् आमराजनैतिक संगठनहरूको हो । अझ भनौं, उनीहरूको मात्र पनि होइन समाजको हरेक जिम्मेवार व्यक्तिको समेत हो भन्ने सत्यलाई जनजनमा स्थापित गर्ने सुरुवाती पाइलाको रुपमा सांस्कृतिक प्रतिरोध दिवसको उद्घाटन हुनेछ ।
जनवादी प्रगतिशील गीत संगित, नाटक, कविता र सांस्कृतिक मन्तव्यको माध्यमबाट नेपाली समाज शून्यतामा मात्र होइन आशावादको मार्गमा छ भन्ने सन्देश दिनेछ । यसको लागि विशिष्ट प्रगतिशील स्रष्टाहरूको सम्मान कार्यक्रम समेत रहनेछ । अन्तमा हामी समाजवादी मार्ग अवलम्बन गर्न सांस्कृतिक क्रान्ति अनिवार्य भएको सत्यसँग नजिक छौं । तसर्थ पुरानो संस्कृति, जसले समाजलाई नराम्ररी गाँजिरहेको छ त्यसको विरुद्धमा प्रगतिशील संस्कृतिको अध्ययन, छलफल विकास गर्दै समाजवादमा जाने प्रतिबद्धता जनसांस्कृतिक प्रतिरोध दिवसमार्फत हुनेछ ।
०००
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ