चौतारा । सिन्धुपाल्चोकको जुगल गाउँपालिका– ३ गुम्बा गाँउको बीचमा पर्ने केवालुङघ्याङ गुम्बाबाट एक सय वर्ष भन्दा पुरानो बहुमुल्य घण्ट चोरी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
२०७२ सालको भुकम्पले गुम्बा भत्के पछि गाँउकै ज्याजुङ दोर्जे लामाको जिम्मामा रहेको सो बहुमुल्य घण्ट चोरी गर्ने जुगल गाउँपालिका– ३ बस्ने ६० वर्षिय प्रेमबहादुर लामा र २८ को कल्बे च्याङ्बा भन्ने आस लामालाई प्रहरीले पक्राउ गरेको हो । १५ किलो तौलको ढलोट लगायतको धातु मिसावट भएको सो मूर्ति २०७८ पुष १७ गते चोरी भएको प्रहरीले जनाएको छ । चोरी गर्ने दुईलाई काठमाण्डौ गोकर्णेश्वर नगरपालिका– ८ माकलबारीबाट बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।
‘उनीहरु माकलबारीमा लुकिछिपी बस्दै आएका छन् भन्ने प्राप्त विशेष सूचनाको आधारमा प्रहरी टोली खटी गई खोजतलास गर्ने क्रममा घटनामा संलग्न रहेका मध्ये निम्न २ जनालाई पक्राउ गरिएको छ’, बस्नेतले भने । प्रक्राउ गरेकाहरुलाई विहीबार सिन्धुपाल्चोक जिल्ला अदालत चौतारामा दाखिला गराई दिन ७ को म्याद अनुमति लिई थप अनुसन्धान कार्य अगाडी बढाईएको प्रहरीले जनाएको छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ